तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीमा डुबेर दुई जना बालकको मृत्यु

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका ६ पात्ले खोलामा रहेको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा नगरपालिका ४ का १३ वर्षीय सोडिम राई र धनकुटा नगरपालिका ७ का १४ वर्षीय उदय राई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । 

मृत्यु हुने बालकहरू पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button