तीन जनालाई भोकेस्नल एक्सिलेन्स अवार्ड प्रदान
मकवानपुर । रोटरी क्लब अफ हेटौँडाले मकवानपुरका तीन जना व्यक्तिलाई भोकेस्नल एक्सिलेन्स अवार्ड प्रदान गरेको छ ।
क्लबले मकवानपुरमा जन्मिएर विभिन्न पेशामा संलग्न व्यक्तिहरूलाई शनिबार भोकेस्नल एक्सिलेन्स अवार्ड प्रदान गरेको हो ।

कोरोना महामारीका कारण तीन वर्षदेखि प्रदान गर्न नसकिएको अवार्ड शनिबार एक कार्यक्रमबिच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदान गर्नुभएको हो ।
भोकेस्नल एक्सिलेन्स अवार्ड २०२० बाट मकवानपुरका न्युरो सर्जन डा. गोपाल रमण शर्मा, २०२१ बाट एसियाकै पहिलो महिला फिफा रेफ्री कल्पना शर्मा र २०२२ बाट मुटु रोग विशेषज्ञ प्रा.डा प्रेमराज वैद्यलाई प्रदान गरिएको हो । डा. वैद्य हेटौँडाको पहिलो मुटु रोग विशेषज्ञ हुनुहुन्छ । शर्मा, लामा र वैद्यलाई अवार्डसँगै नगद २५/२५ हजार रुपैयाँ राशिबाट सम्मानित गरिएको हो ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले हेटौँडामा किड्नी प्लान्ट सेवा सुरु गरी नेपालकै हबको रुपमा विकास गरिने बताउनुभयो ।
रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष रामप्रसाद शर्माको सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा उपमहानगरका मेयर मिना कुमारी लामा, उपमेयर राजेश बानियाँ लगायतको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्