तपाईँ सुन्दै हुनुहुन्छः

दश करोडभन्दा बढी किसानलाई २१ हजार करोड हस्तान्तरण

भारत । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान सम्मान निधि  योजनाअन्तर्गत १० करोड भन्दाबढी किसानहरूलाई रु २१,००० करोड हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री मोदी ‘गरिब कल्याण सम्मेलन’ मा सहभागी हुन आज यहाँ आएका बेला उक्त रकम हितानुपेक्षी किसानलाई हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री मोदिले स्थानीय रिज मैदानमा जारी सम्मेलनका क्रममा किसानहरूसँग विभिन्न सरकारी योजनाबारे पनि छलफल गर्नुभएको थियो ।

उहाँले देशभरका जनप्रतिनिधिसँग सरकारले सञ्चालन गरेका विभिन्न कल्याणकारी कार्यक्रमका बारेमा प्रतिक्रिया माग्नुभएको थियो । प्रधानमन्त्री कार्यालयका अनुसार मुलुकका नागरिकको सहज जीवनयापनमा सुधार ल्याउन सरकारी कार्यक्रमको पहुँच र वितरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सरकारले मे ३० मा केन्द्रमा आफ्नो आठ वर्ष पूरा गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button