कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु
कपिलवस्तु । कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । गोरुसिङ्गे बनगाई सडक खण्डमा आज बिहान बसले ठक्कर दिँदा युवकको मृत्यु भएको हो ।
धनगढीबाट बुटवलतर्फ जाँदै गरेको ना ५ प ७७५ नं को बसले ठक्कर दिँदा साइकलमा सवार कपिलवस्तु नगरपालिका ९ जग्दिशपुरका अशोक चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।
टिप्परलाई ओभरटेक गर्ने क्रममा बसले ठक्कर दिएको हो । बसको ठक्करबाट घाइते भएका चौधरीलाई उपचारका लागि तौलिहवा अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको नियन्त्रणमा रहेको प्रहरी जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्