पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कार तथा यौन हिंसाको आरोप लागेका मोडेल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा पाण्डेलाई गत शनिवार प्रहरीले पक्राउ गरेको थियो । पाण्डे विरुद्ध यौन हिंसा र मानव बेचबिखन तथा ओसारपसार गरी दुई मुद्दामा अनुसन्धान हुने भएको छ ।
सन् २०१४ मा भएको एक सौन्दर्य प्रतियोगिता सम्पन्न भएपछि सक्सेस पार्टीका नाममा आयोजकमध्येका व्यक्ति पाण्डेले पेय पदार्थमा नशालु पदार्थ मिसाएर बेहोस बनाइ आफूमाथि बलात्कार गरेको एक किशोरीको भनाइ सार्वजनिक भएको छ ।
रासस







प्रतिक्रिया राख्नुहोस्