तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा नगरपालिका प्रमुख र उपप्रमुखद्वारा पदभार ग्रहण

गोरखा । गोरखा नगरपालिका प्रमुख कृष्ण रानामगर र उपप्रमुख मसलीमाया थोकरले आज पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्दै नगर प्रमुख रानाले नगरभित्र एक घर एक धारा निर्माण गर्ने, एक वडा एक स्तरीय सडक बाटो निर्माण, स्वच्छ वातावरण स्वस्थ नागरिक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रको विकास गर्ने भनी हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button