तपाईँ सुन्दै हुनुहुन्छः

कालीकोटको रास्कोटमा माओवादी केन्द्र विजयी

मान्म। कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नगरप्रमुखमा धर्मराज शाही विजयी हुनुभएको हो ।

शाहीले ३ हजार ४७ मत प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दयाराम सिंम्खडाले २ हजार ११७ मत ल्याउनु भएको छ ।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का मनिराज बराल विजयी हुनुभएको छ । बरालले २ हजार ८०९ मत तथा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले एक हजार ३०१ मत ल्याउनुभएको छ । रास्कोटमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button