बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर बिक ‘तुफान’ अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ १ हजार ६ सय ५३ मतको अन्तरले निर्वाचित हुनुभयो । विकले १० हजार ७ सय ९० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले ९ हजार १ सय ३७ मत पाउनुभयो ।

यसैगरी नेपाली काँग्रेसकी मञ्जु मल्ल गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँ १ हजार ९ सय ४३ मतको अन्तरले निर्वाचित हुनुभएको हो । मञ्जुले १० हजार ३४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी ताजरुन निशाले ८ हजार ९१ मत पाउनुभएको खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्