तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको मोहन्यालमा गठबन्धन विजयी

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका देवीदत्त उपाध्याय निर्वाचित हुनु भएको छ । अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित उपाध्यायले ३ हजार १३५ मत प्राप्त गर्नु भएको । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्म थापाले २ हजार ७१५ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी उपाध्यक्ष पदमा नेपाली काँग्रेसका कमल साउद निर्वाचित हुनु भएको छ । साउदले ३ हजार ३३९ मत ल्याउनु भएको छ । प्रतिस्पर्धी नेकपा एमालेका सरस्वती रावलले २ हजार ३०३ मत प्राप्त गर्नु भएको छ ।

मोहन्याल गाउँपालिकाको ७ वडा मध्य ४ वडामा काँग्रेस, २ वडामा माओवादी केन्द्र र १ वडामा एमालेका वडा अध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button