तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा नेकपा माओवादी केन्द्र र तमलोपाले खाता खोले

जनकपुरधाम । धनुषाको कमला नगरपालिका–१ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका सर्वदेव यादव विजयी हुनुभएको छ ।

यादव ९ सय ९१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकट प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका उम्मेदवारले ५ सय ६५ मत प्राप्त गर्नुभयो ।

यसैगरी जनकपुरधाम उपमहानगरपालिका–२ मा नेपाली काँग्रेसका उम्मेदवार शिव कुमार साह ६११ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम नेकपा एमालेका उम्मेदवार सन्तोष कुमार साहले २ सय ९५ मत प्राप्त गर्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिका–३ को अध्यक्षमा तराई मधेश लोकतान्त्रिक पार्टीका दीपेन्द्र साह विजयी हुनुभएको छ । उहाँ निकटतम एमालेका उम्मेदवार राजेश दास भन्दा १४ मत बढी ल्याई विजयी हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button