तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु हुँदै

वीरगञ्ज । स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एक मात्र महानगरपालिकाका वीरगञ्ज महानगरपालिकाको मतगणना आज बिहान १० बजेदेखि सुरु गरिने भएको छ । 

वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय हुने मतगणनाको कार्यका लागि अहिले सर्वपक्षीय तथा सर्वदलीय छलफल जारी छ । 

छलफलपश्चात् मतगणनाको अघि बढाइने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । मतगणनाको तयारीका लागि उक्त विद्यालयको ‘सी’ ब्लकमा  मतगणना कक्षमा  आवश्यक  फलामे तारजालीसहित सिसिटिभी जडान गरिएको हो । 

जिल्लामा रहेका कूल  १४ पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा कूल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । १४ पालिका रहेको  जिल्लामा हाल एक लाख ४८ हजार २८३  महिला र एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना  मतदाता रहेका थिए । 

जिल्लाको जिराभवानी  र ठोरी गाउँपालिकाको मतगणना सुरु भएको छ । अन्य पालिका मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत  पौडेलले जानकारी दिनुभयो ।जिल्लामा मधेस प्रदेशको एक मात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन नगरपालिका र १०  गाउँपालिका रहेका छन् । अधिकांश पालिकामा सर्वपक्षीय छलफल भइरहेकाले त्यसपश्चात् मतगणनाको काम अघि बढाइने उहाँले बताउनुभयो । 

मतगणना स्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभी जडान गरिएको छ  । विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा लागि कूल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा छन् । 

जिल्लामा हाल एक लाख ४८ हजार २८३  जना महिला र एक लाख ९१ हजार ५३७ पुरुष र १६  तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता रहेका थिए  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button