तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती गाउँपालिका –९ मा माओवादीका मगर विजयी

दाङ । स्थानीय तहको शुक्रवार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । 

राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी हुनुभएको छ ।  ७१४ मत खसेकामा उहाँले ३५८ मत प्राप्त गर्नुभएको थियो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गर्नुभएको थियो । उहाँ यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित हुनुभएको थियो । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button