तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा सुरक्षा व्यवस्था कडा, तीन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित

स्याङ्जा  । भोलि हुने स्थानीय तह निर्वाचनका लागि स्याङ्जामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

जिल्लाका ११ वटै पालिकामा सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्नका लागि ३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । 

मतदान स्थल, मतदान केन्द्रमा मतदान अधिकृत पुगिसेको छन् भने नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धान गरी ३ हजार २ सय ८२ सुरक्षाकर्मी खटिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी ९ सय ६०, म्यादी प्रहरी १ हजार ६ सय २४, सशस्त्र प्रहरी ३ सय ३७, नेपाली सेना ३ सय ४७, र राष्ट्रिय अनुसन्धानका १४ जना सुरक्षाकर्मी परिचालन गरिएको हो । 

निर्वाचनलाई  शान्तिपूर्ण सम्पन्न गर्नका लागी नेपाल सरकार गृह मन्त्रालयले तयार पारेको एकिकृत सुरक्षा योजना अनुसार ४ वटै मुख्य सुरक्षा निकायहरू परिचालन गरिएको उहाँले बताउनुभयो । 

जिल्लाभर १ सय ९९ मतदान स्थल, ३ सय १८ मतदान केन्द्र« रहेको छ । 

स्याङ्जामा १ लाख २३ हजार ८ सय ६८ महिला र १ लाख १६ हजार ६ सय ६६ पुरुष मतदाता रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button