चट्याङ लागेर बालकको मृत्यु, ४ जना घाइते
अछाम । अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
जिल्लाको पञ्च देवल विनायक नगरपालिका–७ पुल्लेतोलाका कम्माने कामीका १२ वर्षीय छोरा सुरत कामीको मृत्यु भएको हो । शुक्रवार राति सुतिरहेको बेला चट्याङ लागेर कामीको मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाले बताउनुभयो ।
चट्याङ लागेर सोही ठाउँका वर्ष ६० का रने कामी, वा ५५ की मना कामी, वर्ष ५० की जयसरा कामी, वर्ष ७० को बिर्केश रावल घाइते भएका छन् । चट्याङबाट कम्माने कामीको गोठमा रहेका २ बाख्रा समेत मरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्