आज ५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । देशभर आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२ हजार २ सय १४ नमूनाको परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज १७ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
आज ७४ हजार ६ सय ४६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्