तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्लद्वारा पदबाट राजीनामा गर्ने घोषणा

डडेलधुरा । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेस डडेलधुराका निवर्तमान सभापति कर्णबहादुर मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गर्ने घोषणा गर्नुभएको छ ।

डडेलधुरामा आज पत्रकार सम्मेलनको आयोजना गर्नुहुँदै प्रदेशसभा सदस्य मल्लले पदबाट राजीनामा गर्ने घोषणा  गर्नुभएको हो  । 

“राणा कालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गौणका हाकिम हटाएझैँ नेपाली काँग्रेसको विधि विधान कुल्चेर मलाई दोस्रो पटक नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरी हटाइएको छ उहाँले भन्नुभयो । “मलाई यो पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकताले दिँदैन । आजदेखि म प्रदेशसभा सांसद नरहेको सञ्चार माध्यमबाट घोषणा गर्दछु ।”

आसन्न स्थानीय तहको निर्वाचनमा उहाँले नेपाली कांग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरी उहाँलाई पार्टीले कारबाही गरेको थियो ।

२०७४ को निर्वाचनमा उहाँ डडेलधुरा प्रदेशसभा ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button