लाइसेन्स वितरणबारे सूचना नगर्दा सेवाग्राही मर्कामा

काठमाडौँ । यातायात व्यवस्था कार्यालय चाबहिलले स्मार्ट लाइसेन्स वितरण आएको समस्याबारे सूचना नगर्दा सेवाग्राही मर्कामा परेका छन् ।
पहिलो छापिएर आएकाका स्मार्ट लाइसेन्स र पछि आएका कार्ड कार्यालयका कर्मचारीको असावधानीका कारण मिसिएपछि देखिएको समस्याका कारण एक हप्तादेखि स्मार्ट कार्ड वितरण बन्द गरेको छ । सोको जानकारी कार्यालयले सर्वसाधारणलाई नगर्दा सेवाग्राही कार्यालय आएर फर्कनु पर्दा सेवाग्राही मर्कामा परेका हुन् ।
चाबहिल कार्यालयको कुनै पनि फोन नउठ्ने र स्मार्ट कार्ड वितरण बन्द भएको सार्वजनिक जानकारी समेत कार्यालयले नगराउँदा एक सातादेखि सेवाग्राहीले दुःख पाउँदै आएका छन् ।
यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख विष्णुकुमार भट्टराईले कर्मचारीको असावधानीका कारण अघि र पछि आएका कार्ड मिसिएपछि समस्या आएको स्वीकार गर्दै वैशाख ९ गतेदेखि बन्द गरिएको स्मार्ट कार्ड लाइसेन्स वितरण आगामी वैशाख १९ गतेबाट वितरण सुरु गरिने जानकारी दिनुभयो ।
एक वर्षभन्दा बढी समय कुरेपछि बल्ल विभागबाट कार्ड छपाई भएर कार्यालयमा पुगे पनि कार्यालयले स्मार्ट वितरण व्यवस्थित नगर्दा वितरणका लागि कार्यालय पुगेर पनि साढे एक महिना सम्म सेवाग्राहीले प्राप्त गर्न सकिरहेका छैनन् ।








प्रतिक्रिया राख्नुहोस्