नेकपा एमालेले रोल्पाको १० पालिकामा टुङ्गो लगायो उम्मेदवार
रोल्पा । स्थानीय तहको निर्वाचनको लागि आइतबार बसेको एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकले रोल्पा जिल्लाको १० पालीकामा प्रमुख पदहरूमा उम्मेदवार टुङ्गो लगाएको छ भने रुण्टी गढी गाउँपालिका अध्यक्षमा बालाराम बुढालाई फेरी दोहोर्याउने भएको छ ।
उपाध्यक्षमा हस्तमाली बाँठालाई उम्मेदवार बनाउने निर्णय गरेको छ त्यसैगरी त्रिवेणी गाउँपालिका अध्यक्षमा कर्णबहादुर बाठा, उपाध्यक्ष जानकी बुढा, माडी गाउँपालिका अध्यक्षमा विजय कुमार घर्ती, उपाध्यक्ष अमृता कुमारी घर्ती, गङ्गादेव गाउँपालिका अध्यक्षमा रोशन कुमार वली, उपाध्यक्ष निर्मला कुमारी वली साथै परिवर्तन गाउँपालिका अध्यक्षमा गङ्गाराम बुढा, उपाध्यक्ष सपना रोका, थवाङ गाउँपालिका अध्यक्षमा रवीन्द्र रोका, उपाध्यक्ष शान्ति घर्ती, सुनछहरी गाउँपालिका अध्यक्षमा जयप्रकाश बुढा, उपाध्यक्ष पुर्माला खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी लुङ्ग्री गाउँपालिका अध्यक्षमा वीर बहादुर खड्का उपाध्यक्ष जुकमति बस्नेत, सुनिलस्मृति गाउँपालिका अध्यक्षमा खीमचन्द्र पुन उपाध्यक्ष तारा सेन, रोल्पा नगरपालिका नगर प्रमुखमा घनश्याम आचार्य र उपप्रमुख कृष्णी कुमारी गौतम रहनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्