तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुङ्गामा एमालेले उम्मेदवार टुङ्ग्यायो, सिद्धिचरणको मेयरमा महिला

ओखलढुङ्गा । ओखलढुङ्गामा नेकपा एमालेका उम्मेदवारहरूको टुङ्गो लागेको छ । एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न सिद्धिचरण नगरपालिका सहित ८ स्थानीय तह र ७५ वटै वडाका उम्मेदवारको नाम टुङ्ग्याएको हो ।

सिद्धिचरण नगरपालिकाको मेयरमा इच्छाकुमारी गुरुङ, उपमेयरमा केदारबाबु बस्नेतले टिकट पाएका छन् ।

खिजीदेम्बा गाउँपालिका अध्यक्षमा रामबहादुर खत्री, उपाध्यक्षमा कमला सुनुवार, मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा रुपलाल तामाङ उपाध्यक्षमा अम्मता राई, चिशंखुगढीको अध्यक्षमा अशोक थापा र उपाध्यक्षमा सुस्मीका राई सुष्मा, चम्पादेवी गाउँपालिका अध्यक्षमा खड्ग कार्की र उपाध्यक्षमा सविला खतिवडा, मोलुङ गाउँपालिका अध्यक्षमा उत्तम राई, उपाध्यक्षमा उर्मिला खतिवडा, सुनकोशी गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर खड्का (सुनिल), उपाध्यक्षमा तारा कार्की (सरस्वती) लिखु गाउँपालिका अध्यक्षमा मिलन विष्ट, उपाध्यक्षमा अस्मिता थापालाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र क इन्चार्ज अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो ।

जिल्ला कमिटीले जिल्लाका ७५ वटै वडाका अध्यक्ष र सदस्यहरूको नाम टुङ्गो लगाएको छ । तल्लो कमिटीबाट आएका नामहरूमा छलफल गरेर बलियो उम्मेदवारलाई टिकट दिइएको जिल्ला कमिटी सचिव कमलप्रसाद न्यौपानेले बताउनुभयो । 

पार्टीले निर्णय गरेका आधिकारिक उम्मेदवारको पक्षमा उत्साह पूर्वक निर्वाचनमा जुट्न एमालेले मातहत कमिटीलाई आग्रह गरेको छ । टिकटको टुङ्गो लागेसँगै एमालेका उम्मेदवारहरू मनोनयन दर्ताको तयारीमा लागेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button