मुलुकको विकास र समृद्धि एमालेको पहिलो प्राथमिकता : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन भनेकै नेकपा एमाले भएको दाबी गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसरमा आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आजको नेपालको कम्युनिष्ट आन्दोलन भनेको नेकपा एमाले भएको भन्दै नेपाली जनताले त्यसलाई ठिक ढङ्गले बुझेको दाबी गर्नुभयो ।
उहाँले मुलुकमा विद्यमान गरिबी अन्त्य गर्दै समतामूलक समाज निमार्ण गर्न एमाले लागिपरेको बताउनुभयो ।
अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धि एमालेको पहिलो प्राथमिकता भएको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्