तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका सभामुखलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

पोखरा । निर्वाचन आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ । अधिकारीले एक कार्यक्रममा ढाँटेर चुनाव खर्च विवरण पेस गरेको बताए पछि उहाँलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे स्पष्टीकरण मागेको हो । अधिकारीलाई पत्र काटेर ७ दिनभित्र चित्तबुझ्दो जवाफ दिन आयोगले भनेको छ ।२०७४ सालको निर्वाचनमा आफूले ढाँटेर खर्च विवरण आयोगमा पेस गरेको सभामुख अधिकारीले एक कार्यक्रममा बताउनुभएको थियो ।

उहाँले ढाँटेर चुनाव खर्च पेस गर्न बाध्य भएको बताउँदै प्रणालीको विकास गर्न जरुरत रहेको धारणा राख्नुभएको थियो । २०७४ सालमा निर्वाचन आयोगले प्रदेश सभा सदस्यका उम्मेदवारले बढीमा १५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो । तर उक्त रकम भन्दा बढी रकम खर्च गरेर चुनाव लड्नुपर्ने बाध्यता सिर्जना भएको सभामुख अधिकारी को भनाई थियो । २०७४ सालको निर्वाचनमा अधिकारी पर्वत १ को ख बाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button