आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै रामनवमीको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।
मन्त्रिपरिषद्को चैत २४ गते बसेको बैठकले रामनवमीका अवसरमा चैत २७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्