तपाईँ सुन्दै हुनुहुन्छः

घरेलु टोली रुपन्देहीद्वारा मलेसियामाथि ६ विकेटको जित

भैरहवा । पहिलोपल्ट नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट क्लब सम्मिलित प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

शुक्रवारबाट रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा घरेलु टोली रुपन्देही–११ ले मलेसिया–११ माथि ६ विकेटको सानदार जित निकालेको छ ।

मलेसिया–११ नेपाल र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टी–२० आई सिरिज खेलेर भैरहवा आएको थियो । तर, पहिलो खेलमै घरेलु टोली रुपन्देहीसँग स्तब्ध भएको छ । १ सय ३२ रनको विजयी लक्ष्य रुपन्देहीले १९.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

रुपन्देहीले अव आइतबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । मलेसियाले सोमबार पुश स्पोर्ट्स दिल्लीसँग खेल्नेछ ।

काठमाडौँको जोरा इन्टरनेशनल प्रालिको आयोजनामा भएको प्रतियोगितामा नेपालका चारसहित भारतका दुई तथा मलेसिया र बङ्गलादेशका १–१ क्लब सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button