तपाईँ सुन्दै हुनुहुन्छः

अक्षरभन्दा तस्बिरले धेरै बोल्ने : मन्त्री भुसाल

File Photo

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अक्षरभन्दा तस्बिरले नै  धेरै बोल्ने बताउनुभएको छ । नेपाल पर्यटन बोर्डमा आयोजित राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एकल फोटो प्रदर्शनी आज अवलोकन गर्दै उहाँले अक्षरले एउटा कोणबाट मनन गर्ने  विषयलाई तस्बिरले धेरै कोणबाट व्याख्या र विश्लेषण गर्ने  बताउनुभएको हो ।

चैत २२ देखि सुरु भएको प्रदर्शनीमा  विशेषगरी मध्यपुरथिमि र भक्तपुर नगरपालिकामा मनाइने ऐतिहासिक बिस्का जात्राको पृष्ठभूमिलाई केन्द्रबिन्दुमा राखेर सङ्कलन गरिएका तस्बिर रहेको चर्चा गर्दै  मन्त्री भुसालले यसबाट सम्पदा र संस्कृतिको संरक्षण र पुस्तान्तरणमा परम्पराको जगेर्ना हुने बताउनुभयो ।

प्रदर्शनीमा १०० भन्दा धेरै फोटो राखिएका छन् । ती फोटाले नेवार समुदायको कला र सांस्कृतिक सिर्जनामा शिल्प भरेको छ । नेवार जातिले मनाउने विभिन्न भोजभतेर र चाडपर्वमा बजाइने थरिथरिका नृत्य एवं बाजा, विभिन्न समयमा पूजा गरिने देवी तथा देवताको महिमालाई तस्बिरका माध्यमबाट सजिलै बुझ्न सकिन्छ  ।

यसअघि फोटो पत्रकार श्रेष्ठले देश भित्र र बाहिरसमेत देशका विभिन्न स्थानमा समय–समयमा भएका घटना, परिवेश र संस्कृतिका एकल फोटो प्रदर्शनी गरिसक्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button