उदयपुरमा १६ वर्षीया किशोरी हत्या आशङ्कामा २ पक्राउ

उदयपुर । उदयपुरमा एक किशोरीको हत्या आशङ्कामा उदयपुर प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । मङ्गलवार बिहान जिल्लाको बेलका नगरपालिका ३ डंगटोलमा मृत अवस्थामा फेला परेकी १६ वर्षीया कविता सुनुवारको हत्या आशङ्कामा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतको सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका ३ स्थित जितबहादुर ढकाल (खत्री)को घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जितबहादुरकै छोरी १७ वर्षीया सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ ।
बिहानै बेलका ६ किराँत चोकका कृष्ण सुनुवारकी छोरी कविता मृत अवस्था भेटिएको भन्ने जानकारी प्राप्त भए अनुसार खटेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका निरीक्षक कमाण्डको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
टोलीले घटनास्थल सुरक्षित राखी कानूनी प्रक्रिया पुरा गरी लास पोष्टमार्टम गर्न बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।







प्रतिक्रिया राख्नुहोस्