तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली च्याउ खाँदा १० जना बिरामी

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा जङ्गली च्याउ खाँदा दश जना बिरामी परेका छन् ।

सोही ठाउँका ४६ वर्षीया पार्वती थापा र २४ वर्षीया सरिता थापाले जङ्गलबाट ल्याएको च्याउ खाँदा दश जना बिरामी भएका हुन् ।

खानासँग तरकारीका रुपमा च्याउ खाँदा उनीहरू बिरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । बिरामी परेकालाई दमौलीस्थित व्यास नगर अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि पोखरा पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button