तपाईँ सुन्दै हुनुहुन्छः

 बाजुरामा नेकपा एस र जसपा समायोजन     

बाजुरा । बाजुरामा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) र जनता समाजवादी पार्टी  समायोजन भएको छ । ६ वटा सहमतिका सर्त सहित जनता समाजवादी पार्टी र नेपाल नेकपा (एकिकृत समाजवादी) पार्टी  समायोजन भएका हुन्  । 

मङ्गलवार एक औपचारिक कार्यक्रमका बीच जनता समाजवादी पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) सँग समायोजन भएको नेकपा (एस) बाजुराका सचिव पुरबहादुर रावत जानकारी दिनुभयो ।

जनता समाजवादी पार्टी आजकै मितिबाट सम्पूर्ण रुपमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला कमिटी बाजुरामा सहमति भएको घोषण पत्र सहित पार्टी समायोजन गरिएको छ । ” सचिव रावतले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो । 

जनता समाजवादी पार्टी बाजुरासँग आबद्ध सम्पुर्ण सदस्यहरूले नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को विचार, नीति नियम र विधानलाई आत्मसाथ गर्दै पार्टी समायोजन गरिएको नेकपा (एस) पार्टी बाजुराले जनाएको छ । 

पार्टी समायोजन भएपछि जनता समाजवादी पार्टीका केन्द्रिय र सङ्घीय कमिटीमा रहेका सदस्यहरूलाई जनता समाजवादी पार्टीको कार्यदलको सिफारिसमा २ जनालाई नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको प्रदेश कमिटीमा समायोजन गर्नका लागि प्रदेश कमिटीलाई अनुरोध गर्ने समेत बताइएको छ । त्यस्तै ३ जनालाई जिल्ला कमिटीको सचिवालयमा राख्ने, ५ जनालाई जिल्ला कमिटीमा समायोजन गर्ने भएको छ । 

त्यसैगरी केन्द्रीय सदस्य गगन रावलको नेतृत्वमा ५०१ निर्वाचन परिचालन समिति बनेको छ । केन्द्रीय सदस्य हिक्मतजंग शाहीको नेतृत्वमा कुण्डाभेग, जिल्ला अध्यक्ष गगन रावलको नेतृत्वमा सदरमुकाम मार्तडी बीच क्षेत्र र  नेता नवराज जैशीको नेतृत्वमा जिल्लाको दक्षिण पश्चिम भेगमा  निर्वाचन परिचालन समिति परिचालन हुने  सचिव पूरवहादुर रावतले जानकारी गराउनुभयो । 

त्यसैगरी “एक समाजवादी ५० घर जाँउ समाजवादी बनाऔँ” भन्ने नारा बोकेर जिल्लाका नौ वटै पालिकामा जाने कार्यतालिका बनाएको सचिव रावतको भनाई छ । केन्द्रीय सर्कुलर अनुसार तालमेल गर्न पनि तयारी रहेको र नभए नौ वटै पालिका र ६९ वटा वडा सहित सबै स्थानमा नेकपा एसको उम्मेदवारी रहने रावतको भनाई छ । 

नेकपा (एस) पार्टीका केन्द्रीय सदस्य तथा बाजुराका अध्यक्ष गंगन रावलको अध्यक्षतामा समायोजन गरिएको कार्यक्रमका प्रमुख अतिथि नेकपा (एस) का केन्द्रिय सदस्य हिक्मत शाही प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यस्तै कार्यक्रममा नेकपा (एस) का पार्टी बाजुराका सचिव पुरबहादुर रावत, जनता समाजवादी पार्टी बाजुराका संयोजक नरेन्द्र रावल लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

पार्टी समायोजन भए लगत्तै पूर्ण बैठक मङ्गलवार देखि सुरु भएको छ । नेकपा एमालेबाट असन्तुष्ट पक्ष फुटेर पछिल्लो समयमा नेकपा एस बलियो हुँदै गएको दाबी  नेकपा एसले गरेको छ । नेकपा एसको बढी प्रभाव प्रदेश क्षेत्र नं क मा पर्ने छ । जसमा नेकपा एमालेले कुण्डा भेगमा बढी क्षति बेहोर्नु पर्ने देखिन्छ । सदरमुकाम मार्तडी बीचमा पनि नेकपा एमालेले बढी क्षेत्री बेहोर्नु पर्ने देखिन्छ  । 

पश्चिम क्षेत्र जहाँ नेताहरूको उर्वर भूमि भनेर चिनिन्छ बुढिगंगा र त्रिवेणी नगरपालिका लगायत क्षेत्रमा कांग्रेस एमालेले क्षति बेहोर्ने देखिन्छ । गठबन्धनले चुनावी तालमेल गरे यसै भन्न सकिने अवस्था छैन ।  

निर्वाचन आयोग नेपालका अनुसार बाजुरामा ८२ हजार ११३ मतदाता रहेको छन्  । राष्ट्रिय मान्यता प्राप्त दलबाहेक बाजुरामा नौ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । बाजुरामा ११२ मतदान केन्द्र र ७० वटा मतदान स्थल कायम रहेको निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी विशाल पुडासैनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button