तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा पत्रकार तथा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सवालमा प्रोत्साहित गर्ने गरी  काम गरिरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा महासङ्घले आज काठमाडौँमा आयोजना गरेको पत्रकार तथा सञ्चार क्षेत्रमा कोभिड–१९ को प्रभाव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सञ्चार मन्त्री कार्कीले कोभिड होस् वा अन्य कुने पनि बेला नेपालमा पत्रकार तथा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण देखिएको बताउनुभयो ।

प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै सञ्चार मन्त्री कार्कीले पत्रकारहरूको हकहितका लागि सरकारले विभिन्न नीतिगत र कानुनी व्यवस्था गरेर कार्यक्रमहरू पनि ल्याएको बताउनुभयो ।

सञ्चार मन्त्री कार्कीले लोकतन्त्रलाई बलियो र संस्थागत गर्ने सवालमा पत्रकार जगतको भूमिकाको प्रशंसा गर्नुहुँदै  यस क्षेत्रको विकासका लागि आगामी दिनमा खेल्नुपर्ने भूमिकाका लागि मन्त्रालय तयार रहेको र सञ्चार क्षेत्रको साथमा रहेको बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले पत्रकारहरूको क्षमता विकासका लागि मन्त्रालयले महासङ्घको आवश्यकता अनुसार सघाउन तयार रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकार जगतले खेल्दै आएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै यस क्षेत्रका विकास र बिस्तारका लागि राज्यबाट अझ बढी प्रोत्साहनका कार्यक्रमहरू अगाडी बढाउनुपर्ने बताउनुभयो ।

No description available.

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवम् वरिष्ठ पत्रकार हरिहर विरहीले विषम् परिस्थितिहरूमा पनि नेपालको पत्रकारिता क्षेत्रले निर्वाह गरेका भूमिका ऐतिहासिक रहेकाले यस क्षेत्रको संरक्षण र विकासका लागि सरकार र सम्बद्ध पक्षले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले कोभिडको समयमा विश्व नै प्रभावित भएको अवस्थामा नेपालको पत्रकारिता क्षेत्र पनि अछुतो नरहेको र कतिपयले रोजगारीको अवसर समेत गुमाउनुपरेको हुँदा तिनको पुनर्स्थापना हुनुपर्ने, विशेष राहतका प्याकेजहरू अझ बढी ल्याउनुपर्नेमा जोड दिनुभयो ।

No description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button