तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशका पाँच किसान राष्ट्रपति उत्कृष्ट पुरकारबाट पुरस्कृत

मकवानपुर । बागमती प्रदेशका पाँच जना किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

आइतबार हेटौँडामा भएको कृषि विकास निर्देशनालय तथा पशुपन्छी विकास निर्देशनालयको चौमासिक प्रगति समीक्षा गोष्ठीमा प्रदेशका उत्कृष्ट ५ जना किसानहरूलाई नगदसहित सम्मान गरिएको हो ।

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार अन्तर्गत प्रथम हुने चेतना कृषि तथा पशुपन्छी फर्म धादिङका युद्धप्रसाद न्यौपानेलाई नगद ५० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ । यस्तै द्वितीय हुने दिदीबहिनी कृषि फर्म भक्तपुरकी गीता रिजाललाई नगद ४५ हजार र तृतीय हुने थाहा पौरखी कृषि प्रा.लि की बरी बललाई नगद ४० हजारसहित पुरस्कृत गरिएको छ ।

यस्तै चौथो हुने कामना फलफूल बहुउद्देश्यीय नर्सरी फर्म रामेछापलाई नगद ३५ हजार र पाँचौँ हुने न्यु महाङ्काल कृषि फर्म काभ्रेलाई नगद ३० हजार सहित पुरस्कृत गरिएको हो ।

कृषि विकास निर्देशनालयले प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्र मार्फत प्रत्येक जिल्लाबाट ३ जनाको दरले ३७ जना कृषकहरूको प्रस्ताव सङ्कलन गरेर त्यस मध्येबाट ५ जनालाई पुरस्कृत गरेको हो ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेको नेतृत्वको प्रादेशिक समितिले उत्कृष्ट ५ जना कृषकहरूलाई पुरस्कारका लागि छनोट गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button