धनुषाका लाइसेन्सधारी हतियार वाहकलाई चैत्रभित्र हतियार जम्मा गर्न आग्रह
जनकपुरधाम । वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय धनुषाले इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको छ ।
स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन जिल्लाभित्रका इजाजत प्राप्त हतियार चैत मसान्तसम्म बुझाउन सूचना मार्फत सम्बन्धित लाइसेन्सधारी हतियारका धनीसँग आग्रह गरेको हो ।
निर्वाचन अवधिसम्मका लागि नजिकको प्रहरी इकाईमा हतियार बुझाउन धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
निर्वाचन सम्पन्न पश्चात् हतियारहरू सम्बन्धित धनीले फिर्ता पाउने सूचनामा उल्लेख छ । सूचनाको बर्खिलाप गरे कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्