पाल्पा प्रशासनद्वारा रानीमहल क्षेत्रका होटलमा अनुगमन

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले बतासेदेखि रानीमहल सम्मका होटलको अनुगमन गरेको छ ।
प्रशासनले खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, तानसेन नगरपालिका र बगनासकाली गाउँपालिका लगायत खाद्यसँग सम्बन्धित संस्थाले अनुगमन गरेको हो ।
दुई दिने अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद गरेर नष्ट समेत गरेको छ ।
अनुगमनका क्रममा म्याद गुज्रेका पेय पदार्थ सुजी, मसलालगायतका सामग्री बरामद गरी नष्ट गरेको हो ।
प्रशासनले बतासेदेखि रानी महलसम्म गरेको अनुगमनका क्रममा १८ वटा होटलहरुबाट बरामद भएको १३ हजारभन्दा बढी मूल्यको सामग्री नष्ट गरिएको प्रशासन कार्यालयकी अधिकृत रमा श्रेष्ठले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा मूल्य सूची, नराखेको, व्यवसाय दर्ता नगरेको, नवीकरण नगरेको, एकै स्थानमा दुई व्यवसाय सञ्चालन गरेको तथा होटलहरुमा भान्सा सफा नगरेको जस्ता समस्या देखिएको हुँदा पहिलो चरणमा सुझाव दिइएको तथा पुनः यी कार्य दोहोरिएमा पसल नै शील गरिदिने चेतावनी दिइएको घरेलु तथा साना उद्योग कार्यालयका थमनबहादुर सारुले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्