तपाईँ सुन्दै हुनुहुन्छः

रुसद्वारा नक्कली समाचार सम्प्रेषण विरुद्ध नयाँ विधेयक पारित

युक्रेनमा जारी मस्कोको सैन्य कारबाही एक महिना नजिकिँदै गर्दा रुसी सांसदहरूले मङ्गलवार विदेशमा रहेर रुसका कामहरूको बारेमा गलत  समाचार प्रकाशन गर्नेलाई तीन वर्षसम्म जेल सजाय दिने गरी नयाँ कानुनलाई अनुमोदन गरेका छन्।

तेस्रो पटकको अध्ययन र संशोधनपछि पारित गरिएको विधेयकले रुसी सरकारी एजेन्सीहरूले “रुस र यसका नागरिकहरूको हितमा” विदेशमा गरिएका कार्यहरूको बारेमा “जानीजानी गलत जानकारी” प्रकाशित गर्ने मानिसहरूलाई जेल सजाय र जरिवाना तोकेको छ। रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button