तपाईँ सुन्दै हुनुहुन्छः

न्यायिक समितिको राष्ट्रिय सम्मेलन पोखरामा हुने

कास्की । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पहिलो पटक ‘न्यायिक समितिको राष्ट्रिय सम्मेलन–२०७८’ पोखरामा हुने भएको छ ।

७५३ वटै स्थानीय तहमा भइरहेका न्याय सम्पादनका तरिका, यसका असल अभ्यास र चुनौतीबारे एकै थलोमा जम्मा भएर छलफल गर्ने उद्देश्यले चैत्र १४ गते पोखरा सभागृहमा सम्मेलन हुने भएको हो ।

सम्मेलनमा न्यायिक समितिको असल अभ्यास र चुनौतीबारे छलफल हुने आज आयोजित पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका न्यायिक समितिकी संयोजक मञ्जु देवी गुरुङले जानकारी दिनुभयो ।

सम्मेलनको उद्घाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने र सम्मेलनमा न्यायिक समितिको न्याय निरूपण प्रक्रिया झल्कने एक वृत्तचित्र समेत प्रदर्शन गरिने बताइएको छ ।

साथै सम्मेलन सभ्य र भव्य रुपमा सम्पन्न गर्ने उद्देश्यले महानगरले विभिन्न उपसमितिहरू गठन गरेर तयारी तीव्र रुपमा अगाडि बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button