आयोगद्वारा बानियाँसहित २० जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राविको जग्गा गैर कानुनी रूपमा बिक्री वितरण गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष घनश्याम बानियाँसहित २० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
अख्तियारले विद्यालय व्यवस्थापन समितिको २०५१ वैशाख ११ गतेको निर्णयले साबिक ढोरफिर्दीमा रहेको सरकारी जग्गालाई घरसारको कागजातहरू बनाई गैर कानुनी रूपमा भोगचलन गर्ने, गराउने गरेको, बिक्री भएका जग्गामा घर समेतका संरचना बनाइएको खुलेपछि अख्तियारले समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, सदस्य सचिव (प्रधानाध्यापक) यामबहादुर ठकुरी, सदस्यहरु घनश्याम बानियाँ, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँले १ लाख ६९ हजार लिएर सरकारी जग्गा भोगचलन गर्ने गराउने कसुर गरेको उल्लेख छ ।







प्रतिक्रिया राख्नुहोस्