तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने

file photo

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बाँकी १६ जिल्लाको अधिवेशन यही फागुन १५ गते हुने भएको छ  । 

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन पुनः १५ गतेका लागि सारेको हो ।

निर्वाचन समितिका सचिव केशव रिजालले यसअघि बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मधेस प्रदेशका जिल्लाहरूको माग र महेन्द्रनारायण निधिको जन्म जयन्तीलाई मध्यनजर गरी अधिवेशन दुई दिन सारिएको जानकारी दिनुभयो । 

काँग्रेसको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र  अछामको अधिवेशन हुन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button