तपाईँ सुन्दै हुनुहुन्छः

झापामा नेत्रहीनहरूद्वारा चप्पल बनाउने उद्योग सञ्चालन

भद्रपुर, झापा । झापामा दृष्टिबिहीनहरुलाई स्वरोजगार बनाउने उद्देश्यले चप्पल उद्योग स्थापना भएको छ ।

झापाको दमक नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय झापाको संयुक्त प्रयासमा दृष्टिबिहीनहरुको स्वरोजगारका लागि दमक–८ स्थित बालुवाटार क्षेत्रमा उद्योग स्थापना गरिएको हो ।

सङ्घले बिहीबार आयोजना गरेको संक्षिप्त कार्यक्रममा बी दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र घरेलु तथा साना उद्योग कार्यालय प्रमुख जयनारायण अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेसँगै उद्योग सञ्चालनमा आएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका अधिकारीले नेत्रहीन सङ्घ झापा मार्फत दृष्टिबिहिनहरुको स्वरोजगारका लागि कार्यालयले यसअघि भद्रपुरमा अगरबत्ती बनाउने उद्योग सञ्चालनमा ल्याइसकिएको रहेको बताउँदै कार्यालयको बजेटले भ्याएसम्म यस किसिमका कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेत्रहीन सङ्घ झापाकी अध्यक्ष यशोदा बरालले उद्योगमा नेत्रहीनहरूलाई नै अवसर दिई स्वरोजगार बनाइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button