तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीका उच्च पहाडी क्षेत्रमा भारी हिमपात 

कास्की । कास्कीका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । 

एक सातादेखि अत्यधिक चिसो बढेको कास्कीमा बिहीबार साँझदेखि  भएको वर्षासँगै भारी हिमपातले हुँदा जनजीवन कष्टकर भएको छ । 

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा भारी हिमपात भएको छ । हिमपातका कारण सर्वसाधारणहरू आफ्नो काम गर्न पनि सकेका छ्रैनन् । घरमा नै बसेको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष कुमारप्रसाद गुरुङले बताउनुभयो । 

कास्कीमा हिउँद याममा ठूलो वर्षा नहुँदा माघ महिना सुरु भएदेखि पोखराको आकाश नखुलेका कारण चिसो अत्याधीक बढेको थियो । 


कास्कीको चर्चित पदमार्ग मर्दी हिमाल ट्रेकको हाई क्याम्प, लो क्याम्प र फरेष्ट क्याम्पमा बाक्लो हिमपात भएको छ । 

मार्दी हिमाल जाने बाटोमा समेत यो वर्षकै बाक्लो हिमपात भएको  मर्दी हिमालका पर्यटन व्यवसायी सुदीप गौतमले बताउनुभयो । उहाँले भन्नुभयो , “अनुसार हाई क्याप लो क्याम्प सम्म साढे ३ फिटभन्दा बढी बाक्लो हिम परेको छ । अहिले दैनिक ४०/४५ जना पर्यटकहरू हिउँ खेल्न आउनेको गरेकोमा बाटोमा बाक्लो हिउँ परेका कारण पर्यटकहरू आउन नसकेको बताउनुभयो । ”

पोखरा महानगरपालिका वडा नम्बर २३, पञ्चासे, अन्नपूर्ण गाउँपालिकाको लुम्ले र अष्ट्रेलियन क्याम्पमा बाक्लो हिउँ परिरहेको छ । 

पोखरा–१६ को अर्मलाकोट, झुप्राङकोट, बलाङेको काली लेक लगायतका स्थानहरूमा बाक्लो हिउँ परेको छ । 

पञ्चासेमा करिब ३ फिट र अष्टे«लियन क्याम्पमा करिब १ फिट बाक्लो हिउँ जमेको स्थानीय नरबहादुर केसीले बताउनुभयो । 

लुम्ले, पञ्चासे, अर्मलाकोट, झुप्राङकोट, बलाङेको कालिलेक र अष्टे«लियन क्याम्प लगायतका स्थानमा पोखराबाट अहिले ठूलो सङ्ख्यामा युवायुवती हिउँ खेल्न पुगेका छन् । 

त्यसैगरी, पर्यटकीय स्थलहरू घान्द्रुक, घोरेपानी र पुनहिल लगायतका स्थानमा समेत बाक्लो हिमपात भएको छ ।

त्यस्तै, मादी गाउँपालिका– १ सिक्लेसमा पनि बाक्लो हिउँ जमेको छ । हिउँले गाउँलाई ढाकेर सेताम्मे भएको छ । हिउँ परेसँगै गाउँलेहरू हिउँमा रमाइरहेका छन्। भने कृर्षकहरु उत्साहित भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button