डडेलधुरामा विद्युत् सेवा अनियमित, उपभोक्ता मारमा
डडेलधुरा । शनिवारदेखि डडेलधुरामा विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता मर्कामा परेका छन् । चिसोको समयमा हिटर लगायतका न्यानो दिने साधना प्रयोग गर्ने सेवाग्राही झनै समस्यामा परेका छन् ।
चिसोको समयमा हिटर लगायतका विभिन्न इलेक्ट्रोनिक साधनहरू बढी प्रयोगले लोड नपुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेलधुराले जनाएको छ ।
लोड बढी भएपछि अहिले नयाँ ट्रान्सफर्मर राख्ने काम भइरहेको वितरण केन्द्र डडेलधुराका प्रमुख रामदिनेश यादवले बताउनुभएको छ ।
अहिले जिल्लाभरि विद्युत् आउने–जाने नभई जिल्ला सदरमुकामको अमरगढी–५ विद्युत् रोडदेखि प्रहरी कार्यालयसम्म मात्र ओभरलोडका कारण अनियमित भएको उनको दाबी छ । विद्युत् सेवा अनियमित हुँदा यहाँका उद्योग धन्दा, सञ्चार माध्यम समेत प्रभावित भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्