सचेतनामूलक कार्यक्रम सम्पन्न
पर्सा । मधेसमा दाइजो प्रथाले विभिन्न प्रकारका सामाजिक विकृति निम्त्याउन थालेपछि विभिन्न सङ्घ–संस्थाहरूले अभियान सञ्चालन गर्न थालेको देखिएको छ ।
यसै क्रममा समुदाय प्रहरी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पनि यस्तै प्रकारको जनचेतना कार्यक्रम गर्ने संस्थाको रुपमा परिचित भएको छ ।
बुधवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्राङ्गणमा संस्थाको आयोजनामा बालविवाह, महिला हिंसा तथा जबरजस्ती करणीसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्थानीय कलाकारहरूले जनचेतनामूलक नाटक प्रस्तुत गरेका थिए ।

वडा अध्यक्ष ब्रह्मदेव राउत कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, केन्द्रका पदाधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी एवम् स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्