तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा निर्वाचन: कर्णालीबाट ६ जनाको उम्मेदवारी दर्ता

कर्णाली । राष्ट्रिय सभा सदस्य पदका लागि कर्णाली प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्तारुढ गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । 

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत), नेपाली काँग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (सल्यान) ले उम्मेदवारी दर्ता गराउनुभयो । 

यस्तै, नेकपा एमालेबाट चूडामणि शर्मा (सुर्खेत), पदबहादुर माझी (दैलेख) र गङ्गा थापा महत (जुम्ला) ले राष्ट्रिय सभा पदका लागि उम्मेदवारी दर्ता गराउनुभयो । 

कर्णालीमा प्रदेश सभाका ३५ सांसद र ७९ पालिकाका प्रमुख र उप–प्रमुख तथा अध्यक्ष र उपाध्यक्ष १५६ गरी १९१ जनाले मतदान गर्नेछन् । कर्णालीमा पालिकाको मतभार १८ र सांसदको ४८ रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button