तपाईँ सुन्दै हुनुहुन्छः

शितलहरका कारण सप्तरी एक जनाको मृत्यु

राजविराज । एक हप्ता देखी  तराई मधेशका जिल्लामा बढेको शितलहरका कारण सप्तरी एक जनाको मृत्यु भएको छ ।

महादेवा गाउँपालिका–४ का देवनारायण ठाकुरको हिजो (सोमवार) शितलहरका कारण मृत्यु गाउँपालिकाको कार्यालय जनाएको छ ।

राति खाना खाएर ओछ्यानमा सुतेका अन्दाजी ६०/६५ वर्षीय ठाकुर चिसो लागेर मृत्यु भएको हो  । बिहान अबेरसम्म ओछ्यानबाट नउठेपछि परिवारजनले सोधखोज गर्दा चिसोको कारण मृत्यु भएको शङ्का गरिएको थियो । 

यता, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले ठाकुरको मृत्युबारे पुष्टि गर्दै चिसोकै कारणले मृत्यु भएको हो वा होइन भन्ने विषयमा बुझ्ने कार्य भइरहेको बताउनुभयो  ।

बढ्दो शितलहरले जिल्लाका विपन्न वर्गको जनजीवन कष्टकर हुन पुगेको छ । यद्यपि, चिसोबाट सर्वसाधारणलाई जोगाउन अझै ठोस पहल नथालिएको स्थानीयहरूको भनाई छ । 

सप्तरीमा शितलहरबाट यस वर्ष ५० हजार व्यक्ति प्रभावित हुनसक्ने जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको ‘शितलहर आकस्मिक योजना २०७८’ मा उल्लेख गरिएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button