तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा १० वर्षको अवधिमा मानव बेचबिखनविरुद्धका ५० वटा मुद्दा दर्ता

कञ्चनपुर । कञ्चनपुरमा १० वर्षको अवधिमा मानव बेचबिखनविरुद्धका ५० वटा मुद्दा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०६७/०६८ यता मानव वेचविखनविरुद्धका ५० वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पछिल्लो समय लकडाउनका कारण सीमा नाका बन्द रहे पनि विभिन्न प्रलोभन देखाइ किशोरीहरूलाई भारत लैजाने क्रम भने नरोकिएको प्रहरीले जनाएको छ ।
बेचबिखनका मुद्दामा ७१ जना प्रतिवादी पक्राउ परेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय बेचबिखनको तरिका फेरिएकाले नियन्त्रण तथा रोकथाममा चुनौती थपिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button