बाँकेमा थप २६ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज

नेपालगन्ज । बाँकेमा आज २६ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १८ पुरुष र ८ महिला छन् ।
योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ३ हजार २ सय ९५ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
आइसोलेसनमा २ सय ४५ जना छन् । बाँकेमा हालसम्म ३ हजार ५ सय ७६ जनामा कोरोना पुष्टि भएको छ । बाँकेमा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्