तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको भानुबाट १५ जुवाडे पक्राउ

तनहुँ । तनहुँको कबाजितबेसिबाट १५ जना जुवाडे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भानु–१२ कबाजितबेसिबाट १५ जना जुवाडे पक्राउ परेका हुन् ।
आइतबार बिहान करिब २ः०० बजेको समयमा तीन लाख ७५ हजार छ सय ३० रुपैयाँसहित जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अहिले सबै नियन्त्रणमै छन् ।’
गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा उक्त रकमसहित जुवाडे पक्राउ परेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button