तपाईँ सुन्दै हुनुहुन्छः

आज विराटनगरमा ५ जना कोरोना संक्रमितको मृत्यु

सुनसरी। नोबेल मेडिकल कलेज विराटनगरमा मंगलबार ५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।नोबेल अस्पतालमा उपचारको क्रममा एकै दिन ५ जना संक्रमितको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

मंगलबार विहान ८ः३० बजे नोबेलमा झापाको गौरादह–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना पोजिटिभ देखिएपछि उनलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको गरिएको मृतकमा श्वासप्रश्वासको समस्या थियो ।

तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको विहान ८ः२० मृत्यु भएको थियो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएपछि स्वासप्रश्सनमा समस्या भएका पुरुषलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको थियो।

मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको बिहान ६ः३० बजेतिर नोबेलमै मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो ।

यसैगरि झापाको झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको नोबेलमै ५ः४५ बजे मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि भर्ना गरिएको थियो ।उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएको छ।

कोरोना रिपोर्ट पोजिटिभ आएपछि कात्तिक २२ गते भर्ना गरिएका उनको बिहान ५ः३० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button