तपाईँ सुन्दै हुनुहुन्छः

जबरजस्ती करणी मुद्दाका फरार व्यक्ति पक्राउ

टीकापुर कैलाली । कैलालीमा जबरजस्ती करणी मुद्धामा फरार भएका एक जना व्यक्ति पक्राउ परेका छन् । भजनी नगरपालिका वडा नम्बर ५ का दिर्घ बहादुर कामीलाई प्रहरीले पक्राउ गरेको हो ।

कामीलाई भजनीबाट खटीएको प्रहरी टोलीले १८ गते राति पक्राउ गरी १९ गते जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

कामीलाई २०७४ साल मंसिर २४ गतेको जिल्ला अदालत कैलालीको फैसलाले ११ वर्ष कैद सजाय सुनाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button