तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा ४ सय २२ कोरोना संक्रमित डिस्चार्ज, ३ सय ४ थपिए

सुनसरी । प्रदेश १ मा आज बुधबार ४ सय २२ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार होमआईसोलेसनबाट २ सय ३४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७१, विराट मेडिकल कलेजबाट ४१, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कालि सदन आईसोलेसन र बैजनाथपुर आईसोलेसनबाट ७–७, नोवेल अस्पताल र बेलबारी आईसोलेसनबाट ६–६, धाईजन आईसोलेसन केन्द्र र न्युरो अस्पतालबाट ४–४ डिस्चार्ज भएका छन ।

जिल्ला अस्पताल संखुवासभा र मारवाडी सेवा सदन आईसोलेसनबाट ३–३, कोभिड १९ आईसोलेसन अस्पताल, कोभिड १९ आईसोलेसन केन्द्र रंगेली र मेची अस्पतालबाट २–२, इलाम अस्पताल, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी, जिल्ला अस्पताल धनकुटा र वि जेनरल अस्पताल हरिनगरबाट १–१ जना डिस्चार्ज भएका हुन । यसरी हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार १ सय १ पुगेको छ ।

प्रदेश १ मा आज ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा १५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ४६ महिला र ६५ पुरुष गरी १ सय ११ जनामा संक्रमण देखिएको छ ।

योसंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ४ सय १ पुगेको छ । प्रदेश १ मा बुधबार १ हजार १ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button