तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व सभामुख महराकी जीवनसंगिनी सीताको कोरोनाका कारण निधन

काठमाडौँ- पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी जीवनसंगीनी सीता महराको कोराना सक्रमणका कारण निधन भएको छ।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएकी महराको नर्भिक हस्पिटलमा कोरोनाको उपचारको क्रममा निधन भएको हो ।

उहाँ १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट विगत पीडित रहेको महरा परिवारले जनाएको छ ।

गएको दशैंमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

पीसीआर जाँचको क्रममा कोरोना पोजेटिभ देखिएकी उहाँको १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।

प्रहरीको घेरा तोडेर भागेपछि भूमिगत

सीता महरा वि।सं। २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मनुभएको हो ।

कृष्णबहादुर महरासँगै २०३५ सालमा विवाह भएको उहाँका दुई छोरा र दुई छोरी रहेका छन्।

महरा भूमिगत भएपछि तत्कालीन सरकारले धेरैपटक शारिरीक मानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो।

२०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोडेर भाग्नुभएको थियो ।

त्यसपछि घरभित्र थुनिएका छोराछोरी पनि घरपछाडिको ढोकाबाट भागेर बाँचेका थिए। त्यहीँ दिनदेखि घर छोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएका थिए।

सामान्य लेखपढ मात्रै गर्न जानेकी सीता महरा तत्कालीन माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button