धरानमा शनिबार थप १३५ जनामा कोरोना संङ्क्रमण
सुनसरी । सुनसरीको धरानमा शनिबार आएको रिपोर्टमा १३५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार सञ्चारकर्मी धरान उपमहानगरपालिकाका कर्मचारी, अधिकारकर्मी र बीपी प्रतिष्ठानका सहित १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै धरानमा कोरोना सङ्क्रमण हुनेको कुल सङ्ख्या ११ सय पुगेको धरानमा यसअघि विभिन्न निश्चित स्थानहरू मात्रै कोरोनाको हटस्पट बनेका थिए भने अहिले पछिल्लो समय धरान पुरै कोरोनाको हटस्पट बनेको छ ।







प्रतिक्रिया राख्नुहोस्