तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्यमा सामान्य वृद्धि


काठमाडौँ – स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

शुक्रबार प्रतितोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने रु २०० ले बढेर रु ९४ हजार ५०० मा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनमा पनि प्रतितोला रु २०० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएकामा आज रु ९४ हजारमा कारोबार भएको छ ।

यस्तै चाँदीमा प्रतितोला रु पाँच ले वृद्धि भएको छ ।  शुक्रबार प्रतितोला रु एक हजार १७५ रहेको चाँदी आज भने रु एक हजार १८० मा पुगेको छ । पछिल्ला दिनमा सुनको मूल्यमा तिब्र उतारचढाव भइरहेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button